प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच भेट

चैत ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भेट गर्नुभएको छ । भेटमा प्रधानमन्त्रीले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सफल पार्न सरकारको तर्फवाट सबै प्रकारको सहयोग रहने स्पष्ट गर्नु भयो ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले निर्वाचन सम्पन्न गर्न आयोगले गरिरहेको तयारीप्रति सन्तोष व्यक्त गर्नुभयो ।
भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको तयारीको अवस्थावारे जानकारी गराउनु भएको थियो ।

कात्तिक ८, २०८१ शुक्रबार २:१२:१७