प्रधानमन्त्री र मधेशी मोर्चा बीचको बैठक सम्पन्न

असोज ११, काठमाडौं । प्रधानमन्त्री र मधेशी मोर्चा बीचको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।
मंगलबार दिउँसो मधेशी मोर्चाका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार आउनु भएको थियो । बैठकमा मधेशी मोर्चाका नेताहरुले स्थानीय तह पूनर्संरचनाबारे प्रमूख तीन दलबीच भएको सहमतिबारे चासो राख्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले सबै पक्षको चासो र मागलाई केन्द्रमा राखेर नै स्थानीय तहको पूनर्संरचना हुने मोर्चाका नेताहरुलाई जानकारी दिनुभएको थियो ।
भेटमा मोर्चाका नेताहरुले संविधान संशोधनको प्रस्तावबारे पनि चासो राख्नुभएको थियो । बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनका लागि गृहकार्य भइरहेको जानकारी गराउँदै सरकारमाथि शंका नगर्न मोर्चा र प्रतिपक्षी दललाई आग्रह गर्नुभएको थियो । बैठकबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भन्नुभयो, ‘मोर्चाका नेताहरुले स्थानीय तहको पूनर्संरचना र संविधान संशोधनको प्रस्तावबारे चासो राख्नुभयो । प्रधानमन्त्रीले सबैका भावना समेटेर सरकार अगाडि बढेको जानकारी दिनुभयो । बैठक अत्यन्तै सौहार्द रह्यो ।’

कात्तिक ९, २०८१ शुक्रबार १६:१९:०