प्रधानमन्त्री राहत कोषमा माओवादी केन्द्रको ३५ लाख सहयोग

भदौ ७, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) ले बाढी पीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषका लागि ३४,९९,२६० रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ ।
बुधबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३४,९९,२६० रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । बाढी पीडितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलव दिने यसअघिको पार्टी निर्णयअनुसार नै राहत रकम हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रीपरिषदको निर्णय अनुसार नै राहत रकम उपलब्ध गराउने पनि हस्तान्तरण कार्यक्रममा उपनेता रायमाझीले बताउनु भयो । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको अलग्गै दिने भएकाले यसमा नजोडिएको प्रमूख सचेतक रेखा शर्माले जानकारी दिनुभयो ।

कात्तिक १०, २०८१ शनिबार १०:७:५९