प्रधानमन्त्रीको आह्वानमा प्रमुख तीन दलको बैठक

माघ ८, काठमाडौं । प्रमुख तीन दल स्थानीय तहको निर्वाचनका लागि सहमत भएका छन् ।
संविधान संशोधन, निर्वाचन सम्वन्धी विधेयक, स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न शनिवारबालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा उक्त सहमति भएको हो ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आह्वान गर्नुभएको बैठकमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०का शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो । ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा वादल, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेता भिम रावल, सुवास नेम्वाङसहित सहभागी हुनुहुन्थ्यो । बैठकमा मधेशी मोर्चासहित अन्य दलसँग समेत सहमति गरी छिट्टै स्थानीय तहको निर्वाचन मिति तोक्ने सहमति भएको छ ।

कात्तिक ७, २०८१ बुधबार १०:१३:४१