मधेशी मोर्चासहित प्रमुख दलको बैठक सम्पन्न

चैत्र १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सरकारमा संलग्न कांग्रेस, माओवादी केन्द्र र राप्रपा, प्रमुख प्रतिपक्षी एमाले र मधेशी मोर्चा तथा गठबन्धनको संयुक्त बैठक बसेको छ ।
बिहीवार साझ बालुवाटामा बसेको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थिाये ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सिमाकंनको विषय पछि टुंगो लगाउने गरी अन्य विषयमा सहमति जुटाएर स्थानीय तहको निर्वाचनमा जुट्न आग्रह गर्नुभएको थियो । यसमा अत्यन्तै सकारात्मकढंगले छलफल भएको छ । दलहरुबीच छलफल र सहमतिवाटै संविधान संशोधनको विषय टुंगो लगाउने समझदारी बनेको छ ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापा, एमाले नेताहरु वामदेव गौतम र सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रवक्ता पंफा भुषाल र नेता मातृका यादव, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झा, महेन्द्र राय यादव लगायत सहभागी हुनुहुन्थ्यो ।

कात्तिक १०, २०८१ शनिबार ८:२३:११