प्रधानमन्त्रीको आह्वानमा कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाको बैठक सम्पन्न

पुस २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चाको छलफल सम्पन्न भएको छ ।
बालुवाटारमा शनिवार साझ भएको बैठकमा संविधान संशोधन, निर्वाचन, एमालेले गरेको संसद अवरोध लगायतका विषयमा छलफल भएको थियो । बैठकमा संसदमा निरन्तर अवरोध गर्नु जिम्मेवार प्रतिपक्षको काम नभएको ठहर गर्दै अवरोध हटाउन पहल गर्ने सहमति गहटाएर प्रमुख प्रतिपक्षी पहल गर्ने सहमति भएको छ । त्यसैगरी स्थानीय तह पुर्नसंरचना र संसदमा दर्ता भएको संशोधन प्रूस्तावको परिमार्जनका विषयमा थप छलफल गरी सहमति जुटाउने समझदारी बनेको छ ।
बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु तथा मधेशी मोर्चाका तर्फवाट शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बुधबार १७:१८:१७