प्रधानमन्त्रीको चुनवाङ र घर्तीगाउँ यात्रा (फोटो फिचर)

पौष ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार रुकुमको चुनवाङ र रोल्पाको घर्तीगाउँको भ्रमण गर्नुभयो । नेपाली सेनाको बिमानमार्फत् चुनवाङ पुग्नुभएका प्रधानमन्त्रीले ऐतिहासिक चुनवाङ बैठक भएको स्थलमा गुरिल्ला ट्रेल र युद्ध संग्रहालयको उद्घाटन गर्नुभयो ।
चुनवाङको कार्यक्रम सकेर प्रधानमन्त्री रोल्पाको घर्ती गाउँ पुग्नुभयो, जहाँ शहिद मार्गको निरीक्षण गरी आयोजनाका कर्मचारीहरुलाई निर्देशन दिने कार्यक्रम थियो । प्रधानमन्त्रीले घर्तीगाउँमा शहिद मार्गका कर्मचारीहरुलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभयो । घर्तिगाउँबाट दाङको लिवाङ पुगेर प्रधानमन्त्री पार्टी प्रशिक्षणमा सहभागी हुनुभयो । प्रधानमन्त्री शनिबार नै पश्चिमका सबै कार्यक्रम सकेर काठमाडौं फर्कनु भएको छ । प्रधानमन्त्रीको रुकुम, रोल्पा र दाङ यात्रा फोटो फिचरमा ।

कात्तिक ७, २०८१ बुधबार १५:१८:३९