प्रधानमन्त्रीद्वारा नेपाल अर्केष्ट्राको समुद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति र ज्यापू महागुथीद्वारा संयुक्तरुपमा आयोजित नेपाल अर्केष्ट्रा–११४३ को आज एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्रीले अर्केष्ट्राले संस्कृती संरक्षण र पर्यटन प्रवद्र्धनमा योगदान गर्नेमा आफुले विश्वास लिएको तथा संस्कृति संरक्षणको लागि ज्यापू गुठी महासङ्घ लगायत यस क्षेत्रमा लागेका सबैलाई सरकारले सहयोग गर्ने बताउनुभयो । आर्केष्ट्रामा ४०० जना कलाकारले एकैपटक बाजा बजाईरहेका छन् ।

असोज ७, २०८१ सोमबार २१:१८:२८