प्रधानमन्त्रीद्वारा भरतपूर अस्पतालको आकस्मिक निरीक्षण

असोज १३, काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रहेको भरतपूर अस्पतालको आकस्मिक निरीक्षण गर्नुभएको छ । बुधबार चितवन प्रस्थान गर्नुभएका प्रधानमन्त्रीले बिहीबार बिहान अस्पतालको आकस्मिक निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा प्रधानमन्त्रीले अस्पतालका बिरामीहरुको स्वास्थ्य स्थिति र अस्पतालको सेवा प्रवाहबारे जानकारी लिनुभएको थियो । निरीक्षणपछि प्रधानमन्त्रीले अस्पताल प्रशासनलाई निर्देशन दिदै भन्नुभयो, ‘सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ । सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय यसैमा केन्द्रित छ । यस अस्पतालले पनि जनताको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरेर सेवा प्रवाह गर्न निर्देशित गर्दछु ।’
चितवन भ्रमणका क्रममा बिहीबार बिहान माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलकी आमासँग भेट गर्नुभएको थियो ।_DSC2028_DSC1982_DSC2011

कात्तिक १०, २०८१ शनिबार ६:११:१३