प्रधानमन्त्रीलाई कार्यबाहक राजदूत र विदेश मन्त्रालयका अधिकारीद्धारा स्वागत

असोज २९, नयाँदिल्ली । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धि अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल र भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गर्नुभएको छ ।
शनिबार बिहान नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री नेपाली समय अनुसार ९.४५ बजे बिमानस्थलमा अवतरण गर्नुभएको हो । आजै प्रधानमन्त्री भारतीय बिमानबाट गोवा प्रस्थान गर्नुहुनेछ ।

कात्तिक ७, २०८१ बुधबार ७:२५:१४