प्रधानमन्त्रीसँग क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यको भेट

मंसीर २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यबीच भेट बार्ता भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो । भेटका क्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले प्रधानमन्त्री प्रचण्डलाई ६२ औं जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिनुभएकोमा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे अवगत गराउनु भएको थियो ।

कात्तिक ७, २०८१ बुधबार ७:१८:५१