प्रधानमन्त्रीसँग जापानका राजदूतको भेट

श्रावण २६, काठमाडौं । नेपालस्थित जापानी राजदूत मासासी ओगावाले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी बधाई तथा सफल कार्याकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत ओगावाले नेपाल सरकारलाई जापानको पूर्ण सहयोग रहने बताउनुभएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबीच ऐतिहासिक सम्बन्ध कायम रहेकाले यसलाई थप मजभूत बनाउने बताउनुभयो । प्रधानमन्त्रीले जापान नेपालको नजिकको साथी भएकाले नेपालको दुखसुखमा जापानबाट प्राप्त भएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि साथ रहने अपेक्षा गर्नुभयो ।

कात्तिक ७, २०८१ बिहीबार १:७:४४