प्रधानमन्त्रीसँग प्रज्ञा प्रतिष्ठानका पदाधिकारीद्वारा भेट

असोज ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले भेट गरेका छन् ।
भेटमा प्रतिष्ठानका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणमा सहयोग गरी दिन आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले आफू प्राज्ञिक उनन्नयनको पक्षमा रहेको जानकारी गराउँदै सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार ८:१४:४