प्रधानमन्त्रीसँग लतिलपुरका सामाजिक अगुवाको भेट

७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरका सामाजिक अगुवाहरुले भेट गर्नुभएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अगुवाहरुले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्याकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अगुवाहरुले प्रधानमन्त्री प्रचण्डको कार्याकालमा उत्पीडितहरुले पहिचान र अधिकारको प्रत्याभूति गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा प्रधानमन्त्रीले दोस्रोपटक प्रधानमन्त्री पदमा बहाली हुनु आफ्ना लागि चुनौतिपूर्ण अवसर भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘गम्भीर चुनौति पक्कै छन् । दोस्रोपटक प्रधानमन्त्रीको पद सम्हाल्दा केही चुनौतिको सामना गर्ने संकल्पसहित आएको छु । संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र बेथितिको अन्त्य गरेर देशमा सिष्टम स्थापित गर्न यहाँहरुको सहयोग चाहिन्छ ।’

कात्तिक ७, २०८१ बिहीबार ५:११:५४