प्रमुख तीन दलको बैठक

भदौ १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा प्रम निवास बालुवाटारमा प्रमुख तीन दलको बैठक सम्पन्न भएको छ । बैठकमा प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि प्रमुख दलका बीचमा सहमति आवश्यक रहेकोमा जोड दिंदै स्थानीय तह पुर्नसंरचना, तीन वटै निकायको निर्वाचन, संविधान संशोधन, आर्थिक विधेयक लगायतका विषयमा साझा धारणा तय गर्न आग्रह गर्नुभएको थियो ।
बैठकमा सहभागी दलका तर्फवाट पार्टीको धारणा राखिएको र आगामी दिनमा यस विषयमा थप छलफल गर्ने सहमति भएको छ ।

कात्तिक ९, २०८१ शनिबार १:२१:५