प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक सम्पन्न

कार्तिक १०, काठमाडौं । प्रमूख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्रीको आब्हानमा बुधबार बेलुका बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो । बैठकमा व्यवस्थापिका–संसदमा पेश भएको महाअभियोग प्रस्ताव, निर्वाचन, संविधान संशोधन, संविधान संशोधन लगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा शीर्ष नेताहरुबीच शीर्ष तहको सम्वाद जारी राख्दै संविधान संशोधन, संविधान कार्यान्वयन, महाअभियोग लगायतका विषयमा सहमतिका आधारमा अन्तिम टुङ्गोमा पुग्ने गरी सकारात्मक छलफल भएको शीर्ष नेताहरुले जानकारी दिनुभएको छ ।

कात्तिक ८, २०८१ बिहीबार १६:१:५१