बाँदरमुढे पीड़ितहरूद्वारा प्रचण्डलाई माडीमा भव्य स्वागत

बसन्तपुर, चितवन । चितवनको बाँदरमुढे घटनाका पीड़ितहरूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भव्य स्वागत गरेका छन्।
माओवादी जनयुद्दका क्रममा चितवनको बाँदरमुढेमा भएको दुर्घटनाका पीड़ितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको स्वागत गरेका हुन्।
अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै पीड़ितहरूले बाँदरमुढेको नाममा धेरैले राजनीति गरेको बताए । “पीड़ितहरूमाथि र केही पीड़ितहरूले पनि अरु पीड़ितहरूमाथि थप पीड़ा थोपरेकोले अब आफ्ना समस्याको हल द्वेष र द्वन्दबाट नभई प्रचण्डको पहलबाट मात्र सम्भव हुने निर्क्यौलमा पुगेर प्रचण्डको स्वागत गर्न आएका हौ ।” स्वागतपछि अध्यक्ष प्रचण्डसँग उनीहरूले भने ।
पीड़ितहरूसँग छलफलपछि नेकपा माओवादी केन्द्र र पीड़ितहरूबीच ३ बूँदे सहमति समेत भएको छ ।
माडी नगरपालिका प्रमुखको कार्यकक्षमा भएको सहमति पत्रमा नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड र पीड़ितहरूका तर्फबाट २९ जनाले हस्ताक्षर गरेका छन्।
सहमतिमा पीड़ितहरूलाई रोज़गारीको व्यवस्था, छोराछोरीलाई शिक्षा र काम गर्न नसक्नेहरूलाई जीवनवृत्तिको व्यवस्थाका लागि पहल गर्न माओवादी केन्द्रले ज़िम्मेवारी लिने उल्लेख छ ।

कात्तिक ७, २०८१ बुधबार २३:३७:७