बारपाकलाई विश्वकै आकर्षक पर्यटकीय केन्द्र बनाउनु पर्दछः प्रम

काठमाडौं, भदौ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७२ सालको भुकम्पको केन्द्रविन्दु बनेको गोरखाको वारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहल गर्ने वताउनुभएको छ ।
बारपाकका भुकम्प प्रभावितहरुको प्रतिनिधि मण्डलसँग आइतवार प्रम निवास वालुवाटारमा भेट्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘ऐतिहासिक गाउँ वारपाकको एकीकृत योजनाका साथ पुर्ननिर्माण र नवनिर्माण गर्नुपर्छ, भुकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन मेरो तर्फवाट पुरै सहयोग र साथ रहनेछ ।’
जिल्लाका सांसदसहित आएको टोलीले प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिंदै ज्ञापनपत्रसमेत पेश गरेको थियो ।

कात्तिक ९, २०८१ शुक्रबार ७:८:५३