बालुवाटारमा कांग्रेस, माओवादी र राप्रपाको बैठक

असार २४, काठमाडौं । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि सहमति जुटाउने प्रयासस्वरुप बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक भर्खरै सकिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आब्हान गर्नुभएको बैठकमा संविधान संशोधन प्रस्तावलाई अघि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नेबारे नेताहरुबीच छलफल भएको थियो । छलफलमा कांग्रेस र माओवादीका शीर्ष नेताहरुले संविधान संशोधनमा राप्रपाको धारणाबारे चासो राख्नुभएको थियो भने राप्रपाका नेताहरुले संविधान संशोधन प्रस्तावमा आफूहरु सकारात्मक रहेको जानकारी दिनुभएको थियो ।
शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठकमा संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्ने समझदारी भएपछि आजको बैठक आब्हान गरिएको हो । बैठकमा प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपा अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपति शमसेर राणा सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बुधबार ७:८:४०