विषय केन्द्रित भएर छलफल गर्ने शीर्ष नेताबीच समझदारी

मंसीर २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बसेको प्रमूख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनका बारेमा विषय केन्द्रित भएर छलफल गर्ने समझदारी गरेको छ ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरुबीच यस्तो समझदारी भएको हो । बैठकमा संविधान संशोधनका विषयमा दलीय सहमतिकै आधारमा अगाडि बढ्ने समझदारी पनि भएको छ । प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषा आयोग लगायतका विषयमा बूंदागत छलफल गरी साझा प्रस्ताव तयार पार्ने समझदारी भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री बिमलेन्द्र निधि लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बिहीबार ४:१२:३५