बालुवाटारमा प्रमूख दलका शीर्ष नेताहरुको बैठक

मंसीर ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा प्रारम्भ भएको छ ।
साँझ पाँच बजेबाट सुरु भएको बैठकमा संविधान संशोधनसँग सम्बन्धित विषयमा छलफल चलिरहेको छ । बैठकमा प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ने.क.पा. (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, एमालेबाट माधवकुमार नेपाल, बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षामान पुन लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

कात्तिक ७, २०८१ बुधबार ७:२४:९