भारतको विहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारबाट अध्यक्ष प्रचण्डलाई भेट

काठमाडौं, १९ फागुन । भारतको विहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारले अध्यक्ष प्रचण्डलाई आज अपरान्ह ४ बजे निवास लाजिम्पाटमा भेट गर्नुभएको छ । भेटका क्रममा उहाँले नेपालमा संविधान कार्यान्वयन र मधेसमा भई रहेको आन्दोलनका बारेमा अध्यक्ष प्रचण्डसँग जिज्ञासा राख्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको क्रम अगाडि बढेको र मधेसी मोर्चाका मुलभूत विषयहरु समाधान भएको बताउनु भएको थियो । मुख्यमन्त्री नितिशकुमारले अध्यक्ष प्रचण्डलाई भन्नुभयो, ‘तपाईको नेतृत्वमा शान्ति प्रक्रिया र संविधान निर्माण सम्भव भएको र तराई–मधेसको समस्या र संविधान कार्यान्वयन पनि तपाईकै नेतृत्वमा हुनेमा हामी विश्वस्त छौं ।’
अध्यक्षले नेपालमा शान्ति र संविधान निर्माण आफ्नै मौलिकतामा सम्पन्न भएको बताउँदै अबका समस्याहरु प्नि नेपाली आफैंले हल गर्दै जाने बताउनु भयो । दुई देशबीचको सम्बन्ध विहार र नेपाली सिमाका जिल्लाहरुमा हुने बाढीको समस्याका बारेमा पनि दुबै देश मिलेर हल खोज्नुपर्ने दुबै नेताको जोड थियो । उक्त भेटघाट करिब ४५ मिनेट भएको थियो ।

nitish_CMPrachanda_meet-072-11-19-1

कात्तिक ७, २०८१ बुधबार २३:३९:३८