‘भ्रमणले नेपाल-जापानको सम्बन्धमा नयाँ परिस्थिति सिर्जना भएको छ’ (भिडियाे)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो जापान भ्रमणले नेपाल–जापान सम्बन्धमा नयाँ परिस्थिति सिर्जना भएको बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग बुधवार कुराकानी गर्दै उहाँले भन्नुभयो, “‘पहिलोपटक जापान गएको राम्रो भयो,” उहाँले भन्नुभयो,‘जापान भ्रमणले नेपाल-जापानको सम्बन्धमा नयाँ परिस्थिति सिर्जना भएको छ।’ यस्तै, अध्यक्ष प्रचण्डले आफ्नो जापान भ्रमणको क्रममा त्यहाँको कृषि र सूचना सम्बन्धिको प्रविधिबारे केही अध्ययन पनि गरेको र नेपालको लागि त्यो अनुकरणीय रहेको बताउनुभयो।

उहाँले जापानमा त्यहाँको सत्तारुढ दलको नेता र सांसदलाई भेटेको र सहयोगको आदन–प्रदानबारे पनि छलफल भएको पनि जानकारी दिनुभयो। अध्यक्षले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरणमा ढिलाई गर्न नहुने बताउनुभयो। ‘नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्न भन्ने मलाई लाग्छ। ढिलो नहुनुपर्थ्यो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो।

कात्तिक ८, २०८१ बिहीबार १०:६:२