भ्रष्टाचारविरुद्धको यो अभियान सुरुवात मात्रै हो : प्रधानमन्त्री

गोर्खा । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले आफू प्रधानमन्त्री भैसकेपछि सुशासन र समृद्धिको अभियान सुरू गरिएको बताउनु भएको छ। गोर्खा जिल्लाको सिरानचोक गाउँपालिकाद्वारा छोप्राकमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सिरानचोकवासीसँग प्रधानमन्त्रीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
सरकारले भ्रष्टाचार, माफिया गिरी र तस्करीमा जो सुकै भएपनी कारबाही गरिछाड्ने बताउनु भयो ।ललिता निवास माफियाहरूले कब्जा गरेका जग्गा सरकारको नाममा ल्याउने अभियानको सुरूवात मात्रै भएको बताउँनुहुँदै देशैभर यो अभियान चलाइने बताउनुभयो ।
अहिले भ्रष्टाचारविरुद्धको अभियानमा ठुला नेता र कर्मचारी परेको बताउँनु हुँदै सुशासन,सामाजिक न्यास र समृद्धिको पक्षमा साथ दिन जनतासँग आह्वान गर्नुभयो । सकारले जनताका जुनसुकै गुनासोहरू सुन्न र सुशासन कायम गर्न हेल्लो सरकार सकृय बनाएको बताउनुहुँदै गाउँघरमा भएका गुनासाहरू टिपाउन आग्रह गर्नुभयो ।
आफू प्रधानमन्त्री भएको समयमा अर्थतन्त्र दबाबको स्थितिमा रहेको बताउँनुहुँदै अर्थतन्त्र सुधार्ने, अर्थतन्त्र माथिको दबाब कम गर्न सरकार सफल भएको बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो -“मैले सरकारको नेतृत्व लिएपछि राजस्व, रेमिटेन्स , बिदेशी मुन्द्राको संचिती बढेको छ,पर्यटन बढ्दै गएको र अर्थतन्त्रमाथिको दबाब कम हुँदै गएको छ ।” गोर्खाली जनासँग निर्वाचनको समयमा गरेका कवुल पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। गोर्खा जिल्लाको क्षेत्र नम्बर -२ प्रधानमन्त्री निर्वाचित भएको क्षेत्र हो । सोही निर्वाचनक्षेत्रका जनप्रतिनिधि र नागरिकहरूसँग निर्वाचनका बेला यस क्षेत्रको सडक,खानेपानी, शिक्षा र रोजगारीको विकासलाई ध्यान दिने बताउनु भएको हो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाई सिरानचोक गाउँपालिकाले जनताको तर्फबाट अभिनन्दन गरिएको थियो ।

असोज ७, २०८१ सोमबार १५:०:५१