म अहिले जहाँ छु पत्रकार र प्रेसकै कारण छुः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आफु अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेसकै भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले प्रेसले विगत माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डाहरुलाई जनताका बीचमा पु¥याउने काममा सकारात्मक सहयोग गरेकै कारण आफू अहिले शान्ति सम्झौता हँुदै यो अवस्थामा आईपुगेको बताउनु भएको हो ।

‘हामीले उठाएका मुद्दाहरु जनतासम्म पुरा¥उने कुरामा पत्रकार महासंघले सस्थागतरुपमा र समग्र प्रेसले भूमिका खेलेको नभए म यहा हुने थिइन । यस अर्थमा म अहिले जाहा छु पत्रकार र प्रेसकै कारण भएको हुँ,’ अध्यक्षले भन्नुभयो ।

‘हामीले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षताको मुद्दा उठाउदा तपाईहरुले साथ दिनुभयो । पत्रकार महासंघले शुरुदेखि हाम्रो एजेण्डा, हामीले उठाएका विषयमा सकारात्मक बनिदियो । पत्रकार महासंघको पदाधिकारीसँगको लगातार हुने गरेको अन्तर्क्रिया र छलफलले पनि हामीलाई राम्रै गरेको थियो ।’ नेपाल पत्रकार महासंघको टोलीले बुझाएको १६ बुँदे ध्यानाकर्षषपत्र बुझ्दै अध्यक्ष प्रचण्डले भन्नुभयो ।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा सरकार र आफनो पार्टी प्रतिवद्द रहेको पनि प्रचण्डले वताए । संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रता कुण्ठित नहुने भन्दै प्रचण्डले प्रेस स्वतन्त्रा कुण्ठिन नहुने गरी कानुन निर्माणमा आफनो भूमिका रहने बताउनुभयो ।

उहाँले अहिले सरकारमा जेलनेल भोगेका र सवै हन्डर ठक्कर खाएकाहरुकै सरकार भएकोले प्रेसको पक्षमा सरकार सकारात्मक रहने पनि विश्वास दिलाउनुभयो । उहाँले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै अब कानुन बनाउने बेलामा पनि सम्वन्धित सरोकारवालासँग छलफल गरेरै गर्नुपर्ने बताउनुभयो ।

‘पत्रकार महासंघको तर्फवाट तपाईहरुले उठाउनु भएको कुरा जायज छ ।’ अध्यक्ष प्रचण्डले भन्नभयो, ‘यो विषयमा पार्टी र सरकारमा छलफल हुन्छ । म पनि प्रधानमन्त्रीलाई यसबारे ध्यानाकर्षण गराउँछु । तपाईहरुका कुरा सरकारसमक्ष पु¥याउने र सम्भव हुने जति काम गर्न म पनि पहलकदमी लिन्छु ।’

कात्तिक ६, २०८१ बुधबार ५:२१:३८