म पनि पूर्व सुप्रिम कमाण्डर भएँ, “प्रचण्ड”

कार्तिक २४, भरतपुर । पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले अाफू पनि पूर्व सुप्रिम कमाण्डर भएकाे बताउनु भयाे ।
“तपाईहरुलाई हामी पूर्व जनमुक्ति सेना भयौं, हाम्राे भूमिका पार्टीले बुझेन भन्ने लागेकाे हाेला” चितवनकाे पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुसँग अन्तरक्रिया गर्दै प्रचण्डले भन्नुभयाे, “तपाईहरु मात्र हाेइन, म पनि पूर्व नै भएँ । तपाईहरु पूर्व जनमुक्ति सेना हुनुभयाे, म पनि पूर्व सुप्रिम कमाण्डर भएँ । तपाईहरुका समस्या मैले भुलेकाे छैन। पार्टी एकता हुँदैछ, एकतापछि बन्ने पार्टीले पनि तपाईहरुकाे याेगदानकाे सम्मान गर्छ, तपाईहरुकाे भविष्यबारे साेच्छ।”
“साेझाे बाटाे हिडेकाे भएँ हामी सबै मारिन सक्थ्यौं। विश्वमा धेरै पार्टी र क्रान्तिहरु ध्वस्त भए। अगाडि एम्बुस छ भने थाहा हुँदाहुँदै त्यही बाटाे हिड्नु गल्ती हुन्थ्याे, हामीले एम्बुसमा पर्ने गल्ती गरेनाैं” प्रचण्डले भभन्नुभयाे, “बरु, समाजवादी क्रान्तिका लागि नेपालमा एउटै केन्द्र बनाउने ठाउँमा अायाैं। अब शान्तिपूर्ण प्रतिस्पर्धाबाटै हामी समाजवादमा पुग्छौं, राष्ट्रिय पूँजीकाे विकास अबकाे हाम्राे कार्यभार हाे।”
अन्तरिक्रियामा पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुले पूर्व जनमुक्ति सेनाकाे उचित सम्मान र जीवन निर्वाहलाई व्यवस्थित गर्न अनुराेध गरेका थिए।

कात्तिक ७, २०८१ बुधबार ११:२०:३३