मधेशी मार्चासँगको छलफल सकारात्मक

माघ २१, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा माओवादी केन्द्र र मधेशी मोर्चाबीचको छलफल सकारात्मकरुपमा सम्पन्न भएको छ ।
शुक्रवार साझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसदमा दर्ता भएको संविधान संशोधन विद्येयकलाई परिमार्जनसहित पारित गराउन पहल गर्ने समझदारी भएको छ ।
त्यसैगरी स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनमा मधेशी मोर्चाका चासो र सरोकारलाई सम्बोधन गर्न प्रयत्न गर्ने प्रधानमन्त्रीले स्पष्ट गर्नुभएको छ ।

कात्तिक ७, २०८१ बिहीबार २:३६:३३