‘मधेस आन्दोलनमा उठेका जायज मागलाई सम्बोधन गरेर समस्याको हल गर्नुपर्दछ’

वीरगंज, १२ चैत । अध्यक्ष प्रचण्डले आज दिउँसो दोस्रो वीरगंज महोत्सव व्यापार मेलाको उद्घाटन गर्नुभयो । उद्घाटनको क्रममा उहाँले मधेस आन्दोलनमा उठेका जायज मागलाई सम्बोधन गरेर समस्याको हल गर्नुपर्ने बताउनु भयो । उहाँले अबका तीन महिनाभित्र सिमांकन लगायतका समस्याहरुको समाधान गर्न आफैं पहल गर्ने बताउनु भयो । अध्यक्षले भन्नुभयो, ‘पहिलो संविधान सभामा ११ प्रदेशमा सहमति हुँदै थियो, जसमा मधेसमा २ प्रदेश थिए, तर मधेसवादी पार्टीहरु त्यसमा सहमत हुनुभएन । विरोध गर्ने साथीहरुले ति नेताहरुलाई सोध्नुहोस् ।’

यो संविधान संसारकै सबैभन्दा गतिशील संविधान भएको बताउँदै उहाँले राष्ट्रिय अखण्डता, जनतामा निहित सार्वभौम सत्ता जस्ता विषय बाहेक अरु परिवर्तनशील रहेको उल्लेख गनुृभयो । उहाँले मधेसवादी दलहरुलाई वार्ता र छलफलमा सहभागी भई राजनैतिक सहमति कायम गरी राष्ट्रिय एकता कायम गर्न र देशको विकासमा अघि बढ्न आग्रह गर्नुभयो ।

आजबाट सुरु भएको उक्त मेला १० दिनसम्म चल्नेछ । नाकाबन्दी पश्चात वीरगंजमा सुरु भएको यो नै पहिलो मेला हो । अध्यक्ष प्रचण्ड संविधान निर्माण पश्चात यसअघि तराईको सिरहाको २ दिने भ्रमण गर्ने पहिलो शीर्ष नेता हुनुहन्छ भने त्यस पछि वीरगंजमा उहाँको यो दोस्रो कार्यक्रम हो । mela-parsa2mela-parsa

कात्तिक ७, २०८१ बिहीबार ४:१२:३८