मन्त्रीपरिषदको आकस्मिक बैठक सम्पन्न

फाल्गुण २, काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको आकस्मिक बैठक बालुवाटारमा सम्पन्न भएको छ ।
सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको अध्यक्षतामा बसेको बैठकले नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्राविधिक तर्फमा अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई दिने निर्णय गरेको छ । बैठकले प्रहरी नियमावली, २०७१ को नियम ४६ लाई संशोधन गरी डा. पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो । मन्त्रीपरिषदको बैठक भर्खरै सम्पन्न भएको छ ।

कात्तिक ७, २०८१ बुधबार २१:९:१७