मन्त्रीपरिषदको आकस्मिक बैठक सम्पन्न

माघ २७, काठमाडौं । आकस्मिक रुपमा बसेको मन्त्रीपरिषदको बैठक सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आयोगले सिफारिस गरेबमोजिम दुवै आयोगको कार्यकाल म्याद समाप्त भएको मितिले एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

कात्तिक ८, २०८१ बिहीबार २३:१४:३५