मन्त्रीपरिषदको बैठक सम्पन्न

फागुन १७, काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको नियमित बैठक सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदनमाथि सुझाव दिन बनेको कार्यदलको म्याद तीन दिनका लागि थप गर्ने निर्णय गरेको छ ।
मंगलबारको बैठकले बन सुरक्षाका लागि ७०० जना नेपाली सेनालाई काजमा खटाउने निर्णय गरेको छ । बैठकले नेपालको स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व बैंकले दिने १५ अरब ९३ करोड ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । त्यसरी नै बैठकले सरकार र निजी क्षेत्रको सहभागितामा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको छ । बैठकले बाँकेमा सुशील कोइराल प्रखर क्यान्सर अस्पताल स्थापना गर्ने, विद्यमान बजेटको सीमाभित्र रहेर विभिन्न कार्यक्रमहरुमा आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने निर्णय भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिनुभयो ।

कात्तिक ८, २०८१ शुक्रबार ३:१३:१८