मन्त्रीपरिषदको बैठक सम्पन्न

पौष २७, काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको बैठक बुधबार सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय पूनर्निर्माण प्राधिकरण कार्यकारी अधिृकत सुशीलराज ज्ञवालीलाई अवकास दिने निर्णय गरेको छ ।
बैठकले प्राधिकरणको कार्यकारी अधिकृतमा डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको छ । कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
आजको बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पूनर्निर्माणका लागि करारमा कर्मचारी नियुक्तिकाृ अनुमति दिने निर्णय पनि गरेको छ । नियुक्त गरिएका कर्मचारीहरुको करार अवधि एक वर्षको हुने पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

कात्तिक ८, २०८१ बिहीबार ६:१५:३१