महालेखा परीक्षकमा टंकमणि शर्मा सिफारिस

बैशाख २०, काठमाडौं । बुधबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले महालेखा परीक्षकमा टंकमणि शर्माको नाम सिफारिस गरेको छ । परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री कार्यालयका सचिव शर्माको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले शर्मालाई परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको हो ।

कात्तिक ७, २०८१ बुधबार १३:१६:५