महिला नेता कार्यकर्ताको सहभागिताकै कारण आजको परिवर्तन सम्भव भएको हाेः अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला नेता कार्यकर्ताको सहभागिताकै कारण आजको यो परिवर्तन सम्भव भएको बताउनुभएकाे छ । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी यो अवस्थासम्म आउनमा महिलाहरुको उपस्थिति निक्कै महत्वपूर्ण रहेको बताउनुभयाे ।

‘नेपालका तत्कालीन क्रान्तिकारी महिलाहरु इतिहासको रङमञ्चमा गौरवका साथ उभिएको भए पनि पार्टी शान्ति प्रक्रियामा आएपछि महिलाको भूमिका आझेलमा परेर पुरुषसत्ता हावी भएको हो कि ? भन्ने देखिएको छ,’ अध्यक्षले भन्नुभयाे ।

उहाँले नेकपाको भातृ सङ्गठन उनले १५–१९ माघमा सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले पार्टी एकतालाई थप उचाइमा पुर्याएको बताउनुभयाे । ‘दुई ठूला कम्युनिस्ट पार्टीहरु एकता प्रक्रिया कसरी सम्भव होला भन्ने अन्योलमा थियो । त्यो अन्योललाई केन्द्रीय कमिटीको बैठकले अन्त्यय गर्दै सबै सदस्यमा अन्तरघुलनको वातावरण बनाएको छ,’ उहाँले भन्नुभयाे ।

जनयुद्धकालमा महिलाले सेनाको कमान्ड गरेर आफूलाई सक्षम सावित गरेको बताउँनुहुँदै महिला नेता कार्यकर्ताको सहभागिताकै कारण आजको यो परिवर्तन सम्भव भएको उहाँले बताउनुभयाे ।

‘जनयुद्धको प्रारभिक दिनहरुमा पुरुषहरु लड्खडाएका थिए । आत्मसमर्पण गर्नेमा पुरुषको संख्या बढी थियो । महिलाहरुलाई दुस्मनहरुले ज्युँदै आगोमा हाल्ने काम गरे, आँखा निकाले, बलात्कार गरे तर पनि युद्ध लड्न छोड्नुभएन,’ अध्यक्षले भन्नुभयाे, ‘महिलाहरुको त्यो साहस, त्याग र बलिदानीले आज हामी सबै राजनीतिको यो सिस्टमसम्म आइपुगेका हौं ।’

महिलाहरुको त्यस्तो त्यागले पुरुषसत्तालाई चुकचुक पारिदिएको उहाँकाे भनार्इ थियाे । ‘श्रमजिवि महिलाहरुको त्यो त्यागले पुरुषहरुलाई आत्मसमीक्षा गर्न बाध्य तुल्यायो । महिलाहरुले राजनीति शास्त्रमा विद्यावारिधि नगरे पनि पुरानो सत्ता ढाल्निुपर्छ भन्ने चाहना थियो,’ अध्यक्ष प्रचण्डले भन्नुभयाे ।

कात्तिक ८, २०८१ शुक्रबार २:१:१३