माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, ५ माघ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।

शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको थियो ।
तीन घण्टा लामो छलफलमा शनिबार थप गृहकार्य गर्ने र आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाएर एकता प्रक्रियालाई टुङ्गोमा पु-याउने समझदारी भएको छ ।

कात्तिक ६, २०८१ मंगलबार २३:३२:४०