माओवादी आन्दोलन कमजोर भएको भए शान्ति सम्झौता हुन्नथ्याेःअध्यक्ष प्रचण्ड

काठमाडौं, ३० चैत । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन कमजोर भएको भए शान्ति सम्झौता पनि नहुने बताउनु भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा आयोजित जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल तथा राज्यद्वारा बेपत्ता योद्धा परिवार नेपालको संयुक्त प्रशिक्षण–भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘हामी कमजोर भएका भए हामी सबैलाई त्यतिखेरै टाउका काटेर सिद्धाउन खोजिएको थियो । तपाईहरु–हामी सबैलाई अपराधी आतंककारी भन्दै मार्न खोजिएको थियो । कसैलाई बाँकी राखेका होइनन् नि । पक्रिदै मार्दै बलात्कार गर्दै विभत्स घटनाहरु भएका छन् । उनीहरुले चाहेको र सकेको भए हामी सबै आतंककारी हौं । उनीहरुलाई  राज्यको टाउको काटेर ल्याउने अधिकार थियो । अन्तराष्ट्रियले पनि अझै धेरै मार भनेर उनीहरुलाई हतियार दिएको थियो । हामीले पनि त्यतिखेर लडेको लड्यै यस्तो ठाउँमा पु¥याइयौं कि हाम्रा जनता, जनसेना, हतियारका कारणले हामीलाई जित्न उनीहरुले पनि नसक्ने हामीलाई पनि तुरुन्तै सिद्धाउन सक्छौं भन्ने लागेन । त्यो भएकाले सम्झौता भएको हो । हामीले हारेको भए हामीले माओवादी भन्न पनि पाउने थिएनौं । यो संझौता भएकाले उनीहरुले चाहे जस्तो पनि भएको छैन हामीले चाहे जस्तो पनि भएको छैन । अझै पनि हामी कमजोर भए हामी कसैलाई पनि राख्दैनन् । त्यसैले हामी सबै माओवादी एकतावद्ध हुनुपर्छ भनेर लागेका छौं । माओवादीहरु ज्ति सबैलाई एकतावद्ध बनाउने एउटा मिसन अगाडि बढी रहेको छ । अब छिट्टै ५÷७ वटा समुह एकतावद्ध हुन्छन् भन्ने लागेको छ । विरोधीहरु सबै माओवादीलाई एकतावद्ध नहुनदिन न्वारानदेखिको बल लगाएर लागेका छन् । ’ CMPrachanda_Bepatta_program (1)CMPrachanda_Bepatta_program (2)CMPrachanda_Bepatta_program (5)CMPrachanda_Bepatta_program (4)

कात्तिक ७, २०८१ बुधबार १२:१७:२९