माओवादी केन्द्र, एमाले र नयाँ शक्तिबीच छ बुंदे सहमति

असोज १७, काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नयाँ शक्ति नेपालबीच छ बुंदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार साँझ राष्ट्रिय सभागृहमा आयोजित बृहत पत्रकार सम्मेलनमार्फत् तीन पार्टीले छ बुंदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।
सहमति पत्रमा एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने, आसन्न संघीय र प्रादेशिक निर्वाचनमा तीन पार्टीबीच चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने, एउटै घोषणा पत्रका आधारमा चुनाव लड्ने, सम्पूर्ण बामपन्थी, प्रगतिशील शक्तिहरुलाई एकताका लागि अपील गर्ने, अन्य शक्तिलाई छुट्याएर एमाले र माओवादी केन्द्रले ६०–४० प्रतिशतका आधारमा चुनावी तालमेल गर्ने लगायतको विषय उल्लेख छ ।

कात्तिक १०, २०८१ शनिबार १४:१२:५२