कार्तिक ६, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठक लाजिम्पाटमा सम्पन्न भएको छ ।
शनिबार दिउँसो लाजिम्पाटमा सम्पन्न बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । केन्द्रीय कार्यालयको बैठकले व्यवस्थापिका–संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढाउने अधिकार पार्टी अध्यक्ष तथा दल नेता प्रचण्डलाई दिने निर्णय गरेको छ ।
बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘व्यवस्थापिका–संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष तथा दल नेता कमरेड प्रचण्डलाई दिने निर्णय गरियो ।’
माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठक सम्पन्न
पुष २७, २०८१ शनिबार १२:११:४९