माओवादी केन्द्र र कांग्रेसका शीर्ष नेताहरुबीच बैठक सुरु

फाल्गुण ८, काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गर्नुभएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस महामन्त्री सशांक कोइराला, शान्तिमन्त्री सीतादेवी यादव, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव लगायत उपस्थित हुनुहुन्छ ।
बैठकमा स्थानीय निर्वाचनको मिति घोषणा, राजनीतिक दलहरुसँग भएको सम्वाद र सहमतिको प्रयासबारे छलफल भइरहेको छ ।

कात्तिक ७, २०८१ बुधबार ११:१४:४३