माओवादी केन्द्र संसदीय दलको बैठक सम्पन्न

कार्तिक ३, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) संसदीय दलको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री तथा दलका नेता प्रचण्डले आफ्नो गोवा भ्रमण र समसामयिक राजनीतिक विषयमा बैठकलाई जानकारी गराउनु भएको थियो ।
बैठकमा प्रधानमन्त्रीले गोवाको ब्रिक्स–बिमस्टेक आउटरिच सम्मेलन सफल, उपलब्धिपूर्ण र नेपालका लागि सुखद् भएको बताउनुभयो । प्रधानमन्त्रीले सम्मेलनका क्रममा भारत, चीन, भुटान, दक्षिण अफ्रिका, श्रीलंका लगायतका देशका राष्ट्र र सरकार प्रमूखहरुसँग भएका द्वीपक्षीय भेटबार्ता र बहुपक्षीय भेटका बारेमा समेत जानकारी गराउनु भएको थियो ।

कात्तिक ७, २०८१ बुधबार ९:५:१