माओवादी केन्द्र संसदीय दलको प्रमूख सचेतकमा रेखा शर्मा

श्रावण १९, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को संसदीय बोर्डको बैठकले संसदीय दलको प्रमूख सचेतकको जिम्मेवारी पूर्वमन्त्री एवं सांसद रेखा शर्मालाई दिने निर्णय गरेको छ ।
बिहीबार दिउँसो लाजिम्पाटमा बसेको बोर्डको बैठकले शर्मालाई प्रमूख सचेतकको जिम्मेवारी दिएको हो । पार्टीका प्रमूख सचेतक टेकबहादुर बस्नेत मन्त्री भएपछि माओवादी केन्द्रको रिक्त प्रमूख सचेतकको जिम्मेवारी शर्मालाई दिइएको हो ।
बिहीबारको बोर्डको बैठकले सङ्घीयता कार्यान्वयन सम्बन्धि व्यवस्थापिका–संसदका विभिन्न समितिहरुमा रहेका विधेयकहरुलाई अझ परिमार्जन गर्दै छिटोभन्दा छिटो संसदबाट पारित गराउन पार्टी र संसदीय दलको तर्फबाट विशेष पहल गर्ने निर्णय पनि गरेको छ ।

कात्तिक ८, २०८१ शुक्रबार २:५:३१