केन्द्रीय समितिको बैठक भोली दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं, ९ जेठ । पार्टीको केन्द्रीय समितिको बैठक आजबाट सुरु भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डबाट बैठकका एजेण्डाहरु प्रस्तुत भए । अध्यक्षद्वारा प्रस्तुत ऐजेण्डाहरुमा श्रद्धान्जली, रिपोर्टिङ, कार्यविभाजन र विविध रहेका छन् ।

अध्यक्षले श्रद्धान्जली पश्चात समसामयिक राजनैतिक र बैचारिक रिपोर्ट गर्नुभयो । सो क्रममा उहाँले माओवादी एकताले नेपाल र विश्व राजनीतिमा पारेको प्रभावका बारेमा पनि चर्चा गर्नुभएको थियो । दिउँसो ३ बजे सुरु भएको आजको बैठक साँझ ५ बजेसम्म चलेको थियो । भोलीको बैठक दिउँसो १ बजेबाट बस्ने अध्यक्ष प्रचण्डले बताउनु भयो । भोलीको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुने छ ।maosit_CC_Meeting (2)

कात्तिक ७, २०८१ बुधबार २३:३३:१३