माओवादी केन्द्रको बैठक सम्पन्न

पौस २१, काठमाडौ । पार्टीको आन्तरीक निर्वाचन र संगठनात्मक कार्यविधिका बारेमा छलफल गर्न बसको नेकपा (माअ‍ोवादी) केन्द्रको कार्यालय बैठक भोली फेरि बस्ने गरी स्थगित भएको छ । माओवादी केन्द्रले जिल्ला सम्मेलन गर्नका लागि कसरी संगठनात्मक प्रतिनिधित्व व्यवस्थित गर्न सकिन्छ भन्ने लगायतका विषयमा कार्यविधि तय गर्न बैठक बसेको थियो । बैठकमा आज कार्यालय पदाधिकारीहरुले आआफ्नो धारणा राखेकाले भोली फेरि बस्ने गरी बैठक स्थगित भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिनु भयो । ‘छलफलजारी छ, बैठक भोली बिहान ८ बजे फेरि बस्ने गरी उठेका छौँ’उहाँले भन्नुभयो ।
बैठकमा अध्यक्ष प्रचण्डले सर्वोच्वको फैसलापछि देशको राजनीति सहमतितिर जानलागेको बैठकपछि नेता अग्नी सापकोटाले बताउनु भयो । ‘अध्यक्षले अदालतको फैसलापछि अव संसोधन प्रस्ताव पारित हुने र सहमतिका लागि सबै दलसंग छलफल जारी रहेको बैठकमा जानकारी गराउनुभएको थियो’ सापकोटाले भन्नुभयो ।

कात्तिक ७, २०८१ बुधबार ६:१२:३०