माओवादी केन्द्रको सचिवालय बैठक आइतबार फेरी बस्ने

असोज ८, काठमाडौं । संगठनात्मक विषयमा निर्णय लिन बसेको माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठक आइतबार पुन बस्ने गरी स्थगित गरिएको छ ।
शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा संगठनात्मक विषयमा छलफल भएको थियो । एजेण्डामाथि छलफल जारी रहेकाले बैठक आइतबार पुन बस्ने गरी स्थगित गरिएको हो ।

कात्तिक ८, २०८१ बिहीबार १२:०:४०