माओवादी केन्द्रको हेडक्वार्टर बैठकद्वारा सहमतिको अनुमोदन

बैशाख १०, काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र सङ्घीय गठबन्धन बीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आइतबार बिहान सम्पन्न केन्द्रीय कार्यालयको बैठकले सरकार र गठबन्धन बीच भएको सहमतिको प्रस्तावलाई अनुमोदन गरेको हो । प्रचण्डले सङ्घीय गठबन्धन र मधेशी मोर्चाका नेताहरुसँग भएको सहमतिबारे बैठकमा नेताहरुलाई जानकारी गराउनु भएको थियो ।
प्रचण्डले सबै राजनीतिक दलहरु निर्वाचनमा आउने वातावरण बन्नु देशकै लागि खुसीको कुरा भएको भन्दै अब सम्पूर्ण रुपले निर्वाचनमा होमिन नेताहरुलाई निर्देशन दिनुभएको छ । बैठकले सरकार र सङ्घीय गठबन्धन बीच भएको सहमतिलाई अक्षरंश कार्यान्वयन गर्न पार्टीको तर्फबाट आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।

कात्तिक ७, २०८१ बुधबार ९:२:२१