याे अवसरलाई देश र जनताकाे सेवामा समर्पित गर्नेछु : अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडाैं । आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिकाे बैठकबाट अध्यक्षमा चयन भएपछि प्रचण्डले प्राप्त अवसरलाई देश र जनताकाे सेवामा समर्पित बताउनुभएकाे छ। उहाँले नेपाली र नेपाली जनताको सेवा गर्ने अवसर भएको भन्नुहुँदै, ‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरेको छु। नेपाल र नेपाली जनताको सेवा गर्न यो मेरो लागि अन्तिम अवसर र चुनौति पनि हो,’ सम्बोधनको क्रममा उहाँले भन्नुभयाे।

उहाँले यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे । ‘आज पनि एक पटक पार्टीको नेतृत्व गर्दैगर्दा महान बहस उठाउने र श्रमिक जनताको हकमा काम गर्ने अन्तिम अवसर र चुनौती पनि हो, ’ अध्यक्षले भन्नुभयाे ।

अध्यक्ष प्रचण्ड पार्टीको विधान अनुसार नवनिर्वाचित केन्द्रीय समितिबाट अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकाे हाे। उहाँलाई अध्यक्षमा प्रस्ताव नारायणकाजी श्रेष्ठ र समर्थन कृष्णबहादुर महराले गर्नुभएकाे थियाे।

सोमबार ललितपुरमा सुरु भएको नवनिर्वाचित केन्द्रीय सदस्यलाई माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष कृष्ण पुकार श्रेष्ठले सपथ ग्रहण गराउनु भएकाे थियाे । यस्तै, अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि निर्वाचन आयोगका अध्यक्ष श्रेष्ठले पार्टी अध्यक्षमा प्रचण्डलाई सपथ ग्रहण गराउनुभएकाे थियाे । आठौं महाधिवेशनले चयन गरेका २३६ जना केन्द्रीय सदस्यको बैठक ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो ।

कात्तिक ७, २०८१ बुधबार ८:५:५०