राजनीतिक दलहरू एकजुट हुँदा ठूला–ठूला ऐतिहासिक परिवर्तनहरू भएका छन् – अध्यक्ष क. प्रचण्ड

काभ्रे, असार २० । अध्यक्ष क. प्रचण्डले जनयुद्धका सहिद रामेश्वर श्रेष्ठ र जनआन्दोलनका सहिद भीमसेनदास दाहालको स्मृतिमा उग्रचण्डी नाला वडा नं. १ मा निर्माण सम्पन्न भएको सहिद गेटको रिवन काटेर उद्घाटन गर्नुभयो । साथै जनयुद्ध र जनआन्दोलनमा सहादत्त प्राप्त गर्ने महान् सहिदहरुप्रति सम्मानकासाथ भावपूर्ण श्रद्धाञ्जली तथा आफन्तजनहरुमा सम्मान व्यक्ति गर्नुभयो ।
अध्यक्ष क. प्रचण्डले देश निरंकुशताको चपेटामा परेका बेला सबै राजनीतिक दलहरू एकजुट हुँदा ठूलाठूला ऐतिहासिक परिवर्तनहरू भएका छन् । २००७, २०४६ र २०६२/०६३ सालका ऐतिहासिक राजनीतिक परिवर्तनहरू यसैको परिणाम भएको बताउनु भयो । हामी राजनीतिक दलहरू परिवर्तनका निम्ति आन्दोलनमा एकताबद्ध भएर लड्ने तर आन्दोलनको उपलब्धीहरूको रक्षा र विकासको लागि एकताबद्ध हुन नसक्ने तितो सत्य हामीले भोग्दै आएका छौं । २०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्पबाट आइपरेको विपतिको चुनौति सामना गर्न सबै दलहरू एकताबद्ध भएको बताउनु भयो । अध्यक्षा क. प्रचण्डले भन्नुभयो हामीले संसदबाट संकल्प प्रस्ताव पारित गर्यौं । त्यस समय आफू प्रतिपक्ष दलको नेता भएको र यो संकटलाई समाधान गर्न प्रधानमन्त्री सुशिल कोइरालालाई आफूले सम्झाएको स्मरण गर्दै अब सत्ता पक्ष र प्रतिपक्ष भन्ने होइन, तपाईं दह्रोसँग अगाडि बढ्नुस्, हामी सबैले मिलेर हातेमालो गर्दै राहात र उद्धारमा लाग्न आफुले नेतृत्वदायी भूमिका खेलेको बताउनु भयो । विनासकारी भुकम्पबाट नै दलहरू एकताबद्ध भएर सहमति र समझदारीको बाटोमा अगाडि बढेको समेत बताउनु भयो ।
अध्यक्षले सम्बोधनको क्रममा विशिष्ट स्थितिमा संविधानसभाबाट संविधान घोषणा गरेको तर कार्यान्वयनको चरण अगाडि नबढेको बताउनु भयो । २०७४ माघ ७ गतेसम्म यसको कार्यान्वयन गर्न सकेनौ भने देश भयंकर संकटको भुमरी फस्ने बताउनु भयो । यसै क्रममा उहाँले आफूले प्रस्ताव नै राखेको संविधान कार्यान्वयन नहुँदासम्म राष्ट्रिय सहमति कायम गरेर जानलाई सुशिल कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि बढाउने भनिएको थियो तर दुर्भाग्य त्यो हुन सकने । हामी माओवादीलाई प्रधानमन्त्री, राष्ट्रपति चाहिएको छैन, संविधान सफल कार्यान्वयन होस् भन्ने चाहेको बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले १२ बुँदे सम्झौतामा आफू र गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरको तथा यस सम्झौताले राजनीतिक कोर्सलाई नै बदल्ने सम्झौता भएको बताउनु भयो । इतिहासको सच्चाई यो हो कि हामीले निकै जोखिमपूर्ण राजनीतिक यात्रा गरेका छौं । जोखिमपूर्ण राजनीतिक यात्राबाट निर्माण भएको संविधान कार्यान्वयन भएन भने देश बर्बादा तर्फमा जाने चिन्ता रहेको बताउनु भयो ।
अध्यक्ष क. प्रचण्डले संविधान कार्यान्वयको काम, शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्ने, पुनर्निमाणको काम, मधेशी, जनजाती, थारु लगायतका जनताले उठाएका मागको सम्बोधनको काम कछुवाको गतिमा अगाडि बढेको बताउनु भयो । यो सबै विषय राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतिका आधारमा मात्र तीव्र गतिमा अगाडि बढाउनु पर्ने बताउनु भयो । साथै यसैक्रममा उहाँले प्रचुरमात्रमा प्राकृतिक स्रोत साधन रहेको र ती स्रोत साधनलाई प्रयोग गरी देशलाई तीव्र गतिमा समृद्धितर्फ लग्नुपर्ने बताउनु भयो ।
सम्बोधनकै क्रममा अध्यक्षले राष्ट्रिय सहमति जसको नेतृत्वमा भए पनि माओवादीलाई मान्य भएको केपी, शेरबहादुर तर उहाँहरूकोमा सम्भव नभए माओवादी शान्तिप्रक्रियाको एक पक्ष पनि भएकाले माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ भने पनि हामी तयार रहेको बताउनु भयो । सहमतिको निम्ति जसले त्याग गर्न तयार हुन्छ, नेपाली जनताले उहाँहरुलाई नै सम्मान गर्ने बताउनुभयो । यदि सहमति भएन भने एजेण्डाको आधारमा सहमति कायम गरेर यी गम्भिर चुनौतिको सामना गर्न सकिने बताउनु भयो ।
हामीले विभिन्न कालखाण्डमा सहमित कायम गरी शक्ति प्रदर्शन गरेकै हौ । हामीले राष्ट्रिय सहमति कायम गरी हाम्रा अगाडिका समस्या र चुनौतिहरुको सामना गर्न अगाडि बढने अध्यक्ष क. प्रचण्डले बताउनु भयो ।
अध्यक्ष कमरेड प्रचण्डले सहिदका परिवारजन, सहिद गेट निर्माण समिति तथा उपसमितिका पदाधिकारीलाई समेत सम्मान गर्नुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार १७:१४:५७