राजनीतिक प्रणाली अनुरुपको विकासको मोडल आवश्यकः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिक प्रणाली अनुरुप नीति नियमहरु र विकास मोडेल परिमार्जनको खाँचो रहेको बताउनु भएको छ । राजधानीमा आज अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको विश्वमा मानव जातिले जे जस्ता समस्याहरु भोेगेको छ, तीे विकासको मोडालिटीबाट पैदा भएका विभिन्न किसिमका नकारात्मक परिणतिहरु हुन् ।’ जलवायु परिवर्तनबाट पैदा भएका समस्याहरु, भूमण्डलीय तापक्रम वृद्धिका समस्याहरु पनि विकासको मोडलका कारण भएको उहाँको भनाई थियो ।

अध्यक्षले भन्नुभयो, ‘विकासको कुन मोडल अपनाउने भन्ने कुरा महत्वपूर्ण छ । मैले भनेका संसारमा वर्षौ चलेको पूँजीवादी मोडेलको विकास तर्फ हामी जाने हो कि समाजवादी मोडेल तिर अगाडि जाने हो । यी दुई मोडल मात्र अहिले विश्वमा देखिएका छन् । मानव समाज नै पूँजीवादीहरुको दबाबमा छ । हामीले जे जस्ता समस्या भोगेका छौं, ती पूँजीवादका कारण भएको हो । उनीहरुले मानव जातिलाई शिक्षा, स्वास्थ्य र विकास निर्माणको नमूनाको क्षेत्रमा हामी समस्या नै समस्याग्रस्त हुँदै जाँदा पृथ्वि नै नाष्ट हुने स्थिति बनेको छ ।’ उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा जाने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निस्तेज पारेर अग्र्यानिक कृषि बाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कात्तिक ७, २०८१ बुधबार २१:११:२७