राप्रपा र कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत

काठमाडौं । राप्रपा र कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । आज बिहान भरतपुर महानगरपालिका वडा नं. २१ मा अध्यक्ष प्रचण्डले उहाँहरुलाई माला र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । प्रवेशका क्रममा अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नै देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी भएको बताउनुभयो । नेकपामा प्रवेश गर्दै नवप्रवेशीहरुले देशको मुहार फेर्ने पार्टी नेकपा भएकाले आफूहरु यो पार्टीमा प्रवेश गरेकाे बताए ।

कात्तिक ६, २०८१ बुधबार २:४३:४४