राष्ट्रको हितलाई सर्वोपरी राख्न अन्तरसंवादको संस्कार विकास गराैंः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको हितलाई सर्वोपरी राख्न अन्तरसंवादको संस्कार विकासको गर्न आव्हान गर्नुभएको छ ।राप्रपा, नेपालको एकता महाधिवेशनलाई राजधानीमा सम्बोधन गर्दै उहाँले देशमा स्थिरताका लागि सबै जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्षले भन्नुभयाो, ‘मैले जहिले पनि शान्ति सम्झौतामा आएदेखि आमनेपाली जनताका अगाडि नयाँ राष्ट्रिय एकताको आवश्यकताको कुरा र राजनीतिक विवादमा पनि लोकतान्त्रिक विधि पद्दतिबाट तिनलाई व्यवस्थापन गर्ने कुरा गर्दै आएको छु ।’ राष्ट्रको हित र स्वाधिनतालाई अक्षुण राख्न एकजुट आफूले अपील गर्दै उहाँको भनाई थियो । अध्यक्षले अगाडि बढेर मात्र समस्याको हल गर्न सकिने तर पछाडि फर्केर नसकिने धारणा राख्नुभयो ।

अध्यक्ष प्रचण्डले राप्रपा र आफूहरुबीच विचार र दर्शनमा कुरा नमिले पनि राष्ट्रवाद र देशभक्तिको मुद्दामा भने एक हुन सकिने बताउनुभयो । हिजोका दिनमा राष्ट्रलाई स्वतन्त्र राख्न नेपालीले देखाएको वीरता र त्यसलाई नेतृत्व गरेका राजा–महाराजामा गर्व गर्न सकिने भए पनि एक्काइसौं शताब्दीमा लोकतन्त्रको परिभाषा बदलिसकेको उहाँको भनाई थियो ।

कात्तिक ७, २०८१ बुधबार ७:२१:१३